प्रवास

भारतमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका २ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङः भारतको बेंग्लुरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

बेंग्लुरको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–१ का मदन बोहराका ८ वर्षीय छोरी अनिता र साढे ४ वर्षका छोरा प्रशान्त रहेका छन्। कोठामा खाना पकाइरहेका बेला ग्याँस विस्फोट भएपछि मदन, उनकी श्रीमती प्रेमजला, दुई छोरी र एक छोरा जलेर घाइते भएका थिए।

बिज्ञापन

गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासि ग्याँस विस्फोट भएको थियो। घटनालगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो। घटनापछि पाँचै जनालाई उपचारका लागि अस्पताल पुगाए पनि छोराको हिजो मृत्यु भएको हो। छोरी अनिताको आज बिहान मृत्यु भएको छ।

घाइते भएकाहरूको उपचारका लागि सहयोग गरिरहेकी एक जना नेपाली जमुना पौडेलले बेंग्लुरुबाट भनिन्, ‘घाइतेमध्ये मदनको अवस्था निकै गम्भीर छ। जेठी छोरी ११ वर्षकी निरुताको स्वास्थ्य अवस्था पनि जटिल छ भनेर डाक्टरले भन्नु भएको छ।’

मदनकी श्रीमती प्रेमजला ७२ प्रतिशत र छोरी निरुताको ४७ प्रतिशत शरीर जलेको चिकित्सकले बताएको उनले बताइन्। झ्याल नभएको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागी भएको घाइतेहरूले सुनाएको पौडेलले बताइन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।