विकास

सुख्खडदेखि गड्डाचौकीसम्म रेलमार्ग निर्माण हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुख्खड । मेची–महाकाली रेलमार्ग आयोजना अन्तर्गत कैलालीको सुख्खडदेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९० किलोमिटर लामो रेलमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनका सिलसिलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल विभागबाट खटिएको टोलीले कैलाली –कञ्चनपुरका पालिकाहरुसंग छलफल गरेको छ । कञ्चनपुर र कैलालीका पालिकाहसँग रेलमार्गबारे छलफल गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका, शुक्लाफाँटा, वेदकोट र भीमदत्त नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको भूभागमा रेलमार्गका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरिरहेकोले ती पालिकाहरुसँग छलफल गरिएको अध्ययन टोलीले जनाएको छ । रेलमार्गमा सुक्खडदेखि गड्डाचौकीसम्म जम्मा ११ स्थानमा स्टेशन रहने छ । उक्त रेलमार्ग पूर्वपश्चिम राजमार्गको दक्षिण करिब ३ सय मिटरदेखि १ हजार ३ सय मिटरसम्म टाढा रहने बताइएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।