राष्ट्रिय समाचार

प्रहरीमा दुई एआइजी सिफारिस, अवकाशको मुखमा ‘बढुवा पुरस्कार’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले उमेरहदका कारण अवकाश हुनु १२ दिनअघि नेपाल प्रहरीकी डीआइजी किरण राणालाई एआइजी बढुवा सिफारिस गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

गृह मन्त्रालयले आइतबार बेलुकी बढुवा समितिको बैठक बोलाई राति नै सिफारिस सूची प्रकाशित गरेको छ । राणासँगै प्रहरी अस्पतालमा कार्यरत प्राविधिक डीआइजी डा. सुन्दरप्रसाद ह्वोजु पनि एआइजी बढुवा सिफारिसमा परेका छन् । प्रशासन समूहमा राणा र प्राविधिकमा ह्वोजु एकल सिफारिस भएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

भदौ २६ मा उमेरहदकै कारण अवकाश भएका एआइजी श्यामलाल ज्ञवालीको रिक्त दरबन्दीमा राणालाई बढुवा गर्न सिफारिस गरिएको हो ।यसअघि सरकारले अवकाशको मुखैमा डीआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गर्‍यो । तर, मन्त्रिपरिषदबाट सिफारिस स्वीकृत नहुँदै असार २१ गते उमेरहदका कारण उनले डीआइजी दर्जामै अवकाश पाए ।

बिज्ञापन

सिफारिस गरेर पनि बढुवा स्वीकृत नगरिँदा आफूमाथि अन्याय भएको भन्दै उनले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन