भुटानी राजा काठमाडौंमा,परराष्ट्रमन्त्रीद्वारा विमानस्थलमा स्वागत
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् ।
उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।
बिज्ञापन

भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । औपचारिक भेटवार्ताको तालिका भने सार्वजनिक भएको छैन । बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका उनले फर्किने क्रममा काठमाडौंमा भ्रमण गरेका हुन् ।
उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
