बिश्व

पहलगाम आक्रमणमा संलग्न टीआरएफलाई अमेरिकाले घोषणा गर्‍यो आतंकवादी संगठन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२ साउन, काठमाडौं । जम्मु–कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या गरेको द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो ।

विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘लश्कर ए तोयबा (एलईटी)को शाखा टीआरएफले पहलगाममा २२ अप्रिलमा भएको हमलाको जिम्मेवारी लिएको थियो । यसमा २६ जनाको मृत्यु भएको थियो ।’

बिज्ञापन

गत वैशाख ९ गते भारत प्रशासित जम्मुकश्मिरको पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका रुपन्देहीका सुदीप न्यौपानेसहित २६ जनाको गोली हानेर हत्या भएको थियो । अमेरिकाले यो घटनालाई सन् २००८ को मुम्बई हमलापछि भारतमा नागरिकहरुमाथि भएको सबैभन्दा घातक हमला भनेको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्रले सो घटनापछि प्रेस ब्रिफिङको क्रममा टीआरएफ नै आक्रमणमा संलग्न भएको बताएका थिए । लगत्तै सुरक्षा एजेन्सीहरुले आक्रमणकारीको स्केच सार्वजनिक गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।