मनोरञ्न

लाखौँ पैसाको ओछ्यानमा सुते माग्ने बुढा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । हास्य अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा) लाखौँ रुपैयाँको नोटमाथि सुतेका छन् । यसरी पैसाको ओछ्यानमा सुत्दा आफूलाई निकै असहज महसुस भएको उनले बताएका छन् । आगामी ६ भदौमा रिलिज हुने नयाँ चलचित्र ‘‘माग्ने राजा’’को एउटा गीत मत सुतेर उठेको पैसामा…को भिडियोमा उनले पैसाको ओछ्यानमा सुतेको अभिनय गरेका छन् । यो चलचित्रको छायांकनको लागि हजारको नोटको लाखौँ रुपैयाँको ओछ्यान बनाइएको थियो ।

गीतको छायांकनको क्रममा लाखौँ रुपैयाँ बिछ्याइएको ओछ्यानमा सुत्दा आफूलाई अनौठो महसुस भएको उनले बताएका हुन् । धेरै पैसा भएका कारण आफू अभिनय गर्दा केही ‘नर्भस’ भएको पनि उनको कथन छ ।

बिज्ञापन

एउटा माग्ने व्यक्ति रातारात धनी हुँदा उसको रवाफमा आउने परिवर्तनको कथा यो चलचित्रमा प्रस्तुत गरिने छ । त्यो माग्ने रातारात धनी भयो भने उसले पैसाको ओछ्यान लगाएर पैसामै सुत्छ भन्ने अवधारण यो गीतबाट प्रस्तुत गर्न लागिएको निर्माण पक्षको कथन छ ।

धन बहादुर गिरी (बाबुल)को स्वर र संगीतमा रहेको यो गीतको भिडियो सोमबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको हो । भिडियोमा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राईलगायतका कलाकारहरूको अभिनय छ ।

नरेन्द्र मैनालीको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्र माग्ने राजाको निर्माता मुनाल घिमिरे र मधुसूदन शर्मा हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।