राष्ट्रिय समाचार

दिल्लीबाट फर्काइएका ४७ मध्ये ११ ले दिए जाहेरी, नक्कली कागजात बनाउने गिरोहको पहिचान गोप्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भारतको बाटो हुँदै मानव तस्करी गर्ने गिरोहविरुद्ध मुद्दा दायर भएको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली एसओसी र पुलिस रिपोर्ट बनाएर यात्रा गर्ने क्रममा रोकिएका ४७ मध्ये ११ जनाले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएका छन् ।

बिज्ञापन

उनीहरू साउदी एयरको उडानबाट गत जुलाई २२ (साउन ६ गते) इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा रोकिएका थिए । अध्यागमनले भारतस्थित नेपाली दूतावासलाई जिम्मा लगाएको थियोे । उनीहरू माइती नेपालको सहयोगमा स्वदेश फर्काइएका थिए ।

फर्किएका ४७ मध्ये अन्यले नक्कली कागजात बनाउने गिरोहबारे केही भन्न चाहेनन् । तर, ११ जनाले उनीहरूको नाम, हुलिया र सम्भावित सम्पर्कस्थल खुलाएर दिएको सूचनाका आधारमा प्रहरीले आइतबार जाहेरी दर्ता गरेको हो ।

मानव बेचबिखन अनुसन्धान व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले अनुसन्धान जारी रहेको बताए । प्राप्त सूचनाका आधारमा नक्कली कागजात बनाउने व्यक्ति पहिचानको प्रक्रियामै रहेको उनले बताए । आरोपितका अन्य विवरण खुलाउन नमिल्ने उनले बताए ।

व्युरोस्रोतका अनुसार पीडितले पनि पहिचान गोप्य राख्न माग गरेका छन् ।

नेपालीलाई अवैध तवरले वैदेशिक रोजगारीमा पठाउने गिरोहले भारतका विभिन्न स्थनमा नक्कली कागजात तयार पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपाली राहदानीवाहक यात्रुले भारतको कुनै पनि विमानस्थलबाट वैदेशिक यात्रा गर्नुपरे नयाँ दिल्लीमा रहेको नेपाली दूतावासबाट एनओसी (यात्रा अनुमति) जारी हुनुपर्ने प्रावधान छ । तर, ४७ जनालाई गिरोहले नक्कली एनओसी बनाएर यात्रा गराउन लागेको थियोे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।