राजनीति

विभाजनको संघारमा नाउपा, बहुमत पक्षको राष्ट्रिय भेलाबाट रन्जितालाई हटाउने तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला काठमाडौंमा आज बसिरहेको छ । बानेश्वरको एक पार्टी प्यालेसमा जारी भेलाले अध्यक्ष रन्जिता श्रेष्ठलाई हटाउने निर्णय लिन सक्ने स्रोतहरुले बताएको छ ।

नाउपाका बहुमत सदस्यले बैठक बोलाउन माग गर्दा नबोलाएको र बिधि बिपरित कार्यबाहक अध्यक्ष तोकेको भन्दै उनलाई कारबाही गर्ने तयारी गरिएको हो ।

बिज्ञापन

बहुमत सदस्यसहित बसेको केन्द्रीय समितिको बैठकले रञ्जितालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो । तर २४ घण्टा बित्दा पनि रञ्जिताले स्पष्टीकरण बुझाएकी छैनन् ।

स्पष्टीकरणको जवाफ नआएपछि पार्टीको अनुशासन समितिले अध्यक्षलाई कारवाही सिफारिस गरेको स्रोतको दाबी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।