महाराष्ट्रको भिवण्डीमा अछामका १७ वर्षिय युवा पंखामा झु*ण्डिएको अवस्थामा फेला

मुम्बई सम्वादाता
टीकापुर, १७ मंसिर । महाराष्ट्रको भिवण्डीमा अछामका १७ वर्षिय युवा पंखामा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
अछामको विनायक नगरपालिका–४ कालिकास्थान घरभई हाल महाराष्ट्रको भिवण्डीमा बस्दै आएका १७ वर्षिय तपेन्द्र चलाउने आफ्नै कार्यस्थलमा रहेको बिल्डिङको कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् । घटना स्थलको प्रकृति हेर्दा निजको मृत्यु शंकास्पद रहेको उनका आफन्तहरुले बताएका छन् ।

आफन्तहरुका अनुसार तपेन्द्रको खुट्टा भुइँमा छुएको अवस्थामा शव भेटिएकोले उक्त घटना आत्महत्या नभई नियोजित हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । आफन्तका अनुसार चलाउनेको विवाह एक वर्ष पनि पुगेको थिएन र समय–समयमा उनको श्रीमतीसँग वाद–विवाद भइरहन्थ्यो ।

‘यदि हत्या गरिएको प्रमाणित हुन्छ भने दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नु पर्दछ । प्रहरी प्रशासनले पनि यस घटनाको विस्तृत रुपबाट निचोड निकालेर हत्या गरिएको हो भने दोषिमाथि अविलम्ब कानूनी कारवाही गर्नुपर्छ’ मृतकका काकाले भने । उनी भन्छन्– ‘यसको जानकारी हामीले दिल्लीस्थित नेपाली राजदूतावासमा पनि औपचारिक रुपबाट जानकारी गराई सकेका छौ, राजदूतावासले पनि सत्य–तथ्य छानविनगरि हामी माथि न्याय दिलाओस साथै भिवण्डीको नारकोली प्रहरी प्रशासनले पनि छानबिन स्वच्छ ढंगबाट छिटो–छरितो गरोस पनि आग्रह गरेका छौ ।’
उक्त अवसरमा घटना स्थलमा पुगेका समाज सेवी तथा नेपाली श्रमिक मजदूर यूनियन भारतका अध्यक्ष मास्टर थापाले मृतकप्रति श्रद्धाञ्जली दिदै उनले भने ‘मृत्युको पछाडि शंका रहेको बताउदै मृतकको झुण्डिएको अवस्थालाई हेर्दा खुट्टा जमिनमा झुण्डिएको अवस्थामा थियो, भित्रबाट ढोका लगाएपनि झ्याल चाहि खुला नै थियो । आफूले स्थानीय प्रहरी प्रशासनलाई सिसि टीभी फूटेजका साथै मृतकका साथीहरुको मोबाई समेत जाँच गर्न आग्रह गरेको छु । यदि कसैलाई यस घटनाको बारेमा जानकारी छ भनेपनि आफूलाई खबर गर्न आग्रह गर्दै खबर गर्नेको नाम गोप्य रहने’ उनले बताए ।
स्मरण रहोस मृतक आफ्ना आमा–बुवाका एक्ला सन्तान थिए । उनी कामको सिलसिलामा भिवान्डी आएको एक वर्ष पनि पुगेको थिएन । उनी भिवाण्डीमा पुरानो खाली रहेको बिल्डिङमा बस्दै आएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.