राष्ट्रिय समाचार

सडक विस्तारले ढले हेटौँडाको पहिचान बोकेका अशोकका रुख 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बागमती प्रदेशको राजधानी हेटौँडामा आज बिहानैदेखि सुरु भएको सडक विस्तार अभियानसँगै सहरको मुख्य पहिचान मानिँदै आएका अशोकका रुखहरू ढलेका छन्।

सडक डिभिजन कार्यालय हेटौँडाले २५ गज (२२.५ मिटर) फराकिलो सडक बनाउने कामलाई तीव्रता दिएसँगै राप्ती रोड, मेन रोड र अन्य प्रमुख स्थानका अशोकका रुखहरू एक-एक गरी ढालिएका हुन्।

बिज्ञापन

लामो समयदेखि हेटौँडाको सौन्दर्य, पहिचान र वातावरणीय समृद्धिको प्रतीक मानिने अशोकका रुखहरूले मुख्य सहर क्षेत्रमा हरियालीको अनुभूति दिँदै आएका थिए। 

सहरलाई ‘ग्रिन सिटी’ को उपमा दिलाउने यी वयस्क रुखहरू सडक विस्तारको मेसिनरी अभियानसँगै हटाइँदा स्थानीयवासीले वातावरणीय सन्तुलनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

पूर्व–पश्चिम राजमार्गको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म ९.५ किलोमिटर क्षेत्रमा सडकको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५-२५ गजभित्र पर्ने संरचना हटाउने क्रममा शनिबार २५-३० वटा रुख ढलेका छन् भने सडक विस्तारसँगै बाँकी रुखहरू मासिने निश्चित छ।

सडक विस्तार गर्ने अभियानअन्तर्गत ५३१ निजी तथा सरकारी संरचना हटाइँदै छ। यसअघि ५ मंसिरमा जारी गरिएको १५ दिने सूचनाअनुसार २० मंसिरभित्र संरचना हटाउन भनिएको थियो। हेटौँडा बजार क्षेत्रको हरियालीसँगै इतिहास बोक्ने अशोकका रुखहरू ढल्दै जाँदा विकासको गतिसँगै सहरको पर्यावरणीय जीवन्तता कत्तिको जोगिने हो भन्ने प्रश्न अब बढी गम्भीर बनेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।