सन्त निरंकारी आदर्श विद्या मन्दिरद्वारा स्वागत कार्यक्रमको आयोजना

टीकापुर, २० मंसिर । सन्त निरंकारी आदर्श विद्या मन्दिरद्वारा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमा कक्षा १२ का विद्यार्थी भाइबहिनीहरुद्वारा कक्षा ११ का विद्यार्थी भाइबहिनीहरुलाई स्वागत गरेका छन् ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा सन्त निरंकारी आदर्श विद्या मन्दिरका गुठियार बोर्डका अध्यक्ष तथा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले नव आगन्तुक कक्षा ११ का विद्यार्थी भाइबहिनीहरुलाई आफ्नो स्वागत मन्तव्य दिँदै भन्नुभयो कक्षा ११ मा पढ्न आएका विद्यार्थी भाइबहिनीहरुले आफ्नो पठन–पाठनमा विशेष ध्यान केन्द्रित गर्दै आफ्नो भविष्य बनाउने कुरामा जोड पर्छ किनभने निरंकारी बाबा हरदेव सिंह जी महाराजको सन्देश पनि रहेको छ ‘आध्यात्मिक शिक्षा नै भौतिक शिक्षाको पूरक हो’ । हामीलाई चलाउने ईश्वर परमात्मा रहेको छ र यसको अनुभूति हुनु जरुरी छ । यस आत्माले जब शरीरलाई छोड्छ, तब शरीर निर्जीव भइहाल्छ । विचार गर्नु पर्ने कुरा यो छकि हामी शरीर नभएर आत्मा हौ । हामी भित्र रहेका अवगुणहरुलाई फालेर सद्गुणलाई भित्र्र्याउनु पर्छ । कोही विद्यार्थी घरबाट टाढा यहाँ पढ्न आएका छन्, उनीहरुले पनि आफू त्यति टाढाबाट किन आएको हुँ, मैले के गर्नु पर्छ, आमाबाबुले दुःख गरेर हामीलाई यहाँसम्म पु¥याउनुभयो, हामीले उनीहरुको नाम उज्जवल राख्नुपर्छ भन्ने सोचका साथ आफ्नो पढाईलाई निरन्तरता दिनुपर्छ । जीवनलाई केवल मनोरञ्जनको साधन मात्र बनाएर अगाडि बढ्छौ भने हामी जीवनकेो लक्ष्यसम्म पुग्न सक्ने छैनौ, भविष्यमा पछुताउनु बाहेक अरु विकल्प बाँकी रहने छैन, उहाँले विद्यार्थी भाइबहिनीहरुलाई सम्झाउनुभयो ।

यस्तै प्रकारले सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्लेले कक्षा १ देखि १० सम्म मेहनत गरेर पढ्नुभयो, त्यस्तै प्रकारले कक्षा ११ मा पनि पढ्ने मनसायबाट यस विद्यालयलाई छानौट गर्नुभएकोमा धन्यवाद दिँदै जसरी यसभन्दा अगाडिका ब्याजका भाइबहिनीहरुले आफ्नो नाम र विद्यालयको नामलाई उज्ज्वल राखे, त्यस्तै प्रकारले अहिलेका विद्यार्थी भाइबहिनीहरुले पनि उज्ज्वल राख्नुहुनेछ भन्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले विद्यालयका शिक्षक–शिक्षिकाहरुको प्रशंसा गर्दै यस विद्यालयमा पढाउने शिक्षक–शिक्षिहरु विज्ञ भएकोले उनीहरुबाट आफूले चाहेको विद्या आर्जन गर्दै राम्रो अंक ल्याएर उत्तीर्ण हुन आग्रह गर्नुभयो । आजको मोबाइल युगमा मनलाई मोबाइलमा मात्र केन्द्रित नगरेर शिक्षकले सिकाएका कुराहरुमा पनि आफ्नो ध्यान केन्द्रित गर्नु पर्दछ, उहाँले सुझाव–सल्लाह दिनुभयो ।

विद्यालयका प्रधानचार्य भरतकुमार तिरुवाले कक्षा ११ का विद्यार्थी भाइबहिनीहरुलाई कक्षा १२ का विद्यार्थी भाइबहिनीहरुले स्वागत गर्ने परिपाटी भएको कारण आज यस कार्यक्रमको आयोजना गरिएकोमा धन्यवाद दिँदै कक्षा ११ का विद्यार्थी भाइबहिनीहरुले उच्च शिक्षाको लागि यस विद्यालयलाई छनौट गरेकोमा हृदयदेखि नै धन्यवाद दिनुभयो । उहाँले मानवको जीवनमा शिक्षाको महत्व विशेष रहेको छ । यदि जीवनमा हामीले शिक्षा ग्रहण गर्दैनौ भने मानव जीवनलाई सोचे जस्तो अगाडि बढाउन सकिदैन । त्यस्तै प्रकारले जीवनमा अनुशासनको हुनु पनि नितान्त जरुरी छ । आफूहरुले यहाँ आएका विद्यार्थी भाइबहिनीहरुको मनोभावनालाई बुझेर त्यसलाई लक्ष्यसम्म पु¥याउने वचन प्रतिबद्धता व्यक्त गर्नुभयो । अनुशासन भनेको विद्यार्थीको गहना हो । जुन विद्यार्थीमा अनुशासन हुँदैन, त्यस विद्यार्थीले आफ्नो लक्ष्यलाई हासिल गर्न सक्दैन । नव आगन्तुक विद्यार्थीहरुलाई आग्रह गर्दै उनीहरुलाई अनुशासनमा रहेर शिक्षकहरुले भनेका कुरालाई मनन गर्र्दै आफूले नबुझेका कुराहरु शिक्षकहरुसँग सोधेर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।
विद्यार्थी भूपेन्द्र रावलको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा सन्त निरंकारी आदर्श विद्या मन्दिरका गुठियार सचिव महादेव भण्डारी, सदस्य हृदय राज रेग्मी, उदय राज रेग्मी, बल बहादुर सार्की, सल्लाहकार पूर्ण कुमाल, निवर्तमान प्रधानचार्य टेकबहादुर चन्द, शिक्षक कान्ति प्रसाद ज्ञवाली लगायत विद्यालयका शिक्षक–शिक्षिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले आफ्नो गीत र नृत्यु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन गराएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.