सुदूरपश्चिम प्रदेश

अर्थमन्त्रीद्धारा चिसापानीमा निर्माणाधीन केबुलकारको अवलोकन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चिसापानी । अर्थमन्त्री रामेश्वर खनालले चिसापानीमा निर्माणाधीन जालपादेबी केबुलकार तथा रिसोर्ट अवलोकन गरेका छन् । सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार मानिने चिसापानीमा आईएमई ग्रुपको लगानीमा केबुलकार तथा रिसोर्ट निर्माण हुँदैछ । सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक चन्द्र ढकाल समेत सहभागी थिए ।

ढकालले यो केबुलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने बताए । उनले यो परियोजना यस प्रदेशकै ‘गेम चेन्जर’ सावित हुने समेत बताए ।

बिज्ञापन

सोही अवसरमा अर्थमन्त्री खनालले निजी क्षेत्रबाट अगाडि बढेका परियोजना तोकिएको मिति र बजेटमा सम्पन्न हुने गरेको भन्दै सन्तुष्टि व्यक्त गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।