सुदूरपश्चिमबाट एक वर्षमै ५० हजार युवा विदेशिए

धनगढी । सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आव २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् । यीमध्ये चार हजार ३४४ जना महिलासमेत रहेका छन् । विदेश जानेमा बैतडी, कैलाली, कञ्चनपुर र अछामका धेरै छन् । एक वर्षमा बैतडीका पाँच जना युवाको विदेशमा मृत्युसमेत भएको छ ।
वैदेशिक रोजगार विभागको आव २०८१/०८२ मा मात्रै बैतडीबाट पाँच हजार २५१ जना, अछामबाट सात हजार २५, कैलालीबाट सात हजार ६४६, कञ्चनपुरबाट छ हजार ६५८, बझाङबाट तीन हजार ७७ जना, बाजुराबाट दुई हजार ५७८, दुई हजार ४६३, दार्चुलाबाट दुई हजार ४६८ र डोटीबाट सबैभन्दा कम एक हजार १२१ जना एक वर्षमा ३८ हजार २५४ जना विदेशिएका छन् ।

बिहीबार दशरथचन्द नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवाशन दिवस २०२५ को आयोजना गरेको छ । सो कार्यक्रमा नगरपालिकाका ११ वटै वडामा सचिवह सहभागी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा नेपालबाट श्रमस्वीकृति लिएर विदेश जानेको सङ्ख्या ८९ लाख ६५ हजार ३८२ पुगेको तथ्याङ्क सरोकारवालालाई जानकारी गराएको छ ।
कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रुमख कौशीला चन्दले युवाहरु बिना सिप वैदेशिक रोजगारीमा जाँदा सोचेको जस्तो आम्दानी गर्न नसकेकाले सीप सिकेर मात्रै विदेश जान वडा स्तरमै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
गत वर्षदेखि दशरथचन्द नगरपालिकाबाट श्रमस्वीकृति प्रदान गर्ने सेवा सुरु गरेपछि सचेतना बढे पनि वैदेशिक रोजगारीका नाममा ठगी नरोकिएको रोजगार शाखा संयोज नन्दजा जोशीले बताउनुभयो । जिल्ला प्रशान कार्यालय बैतडी तथ्याङ्क अनुसार जिल्ला सञ्चालित अप्रवासी श्रोत केन्द्रबाट चालु आवको साउनदेखि कात्तिकसम्म ५०४ जनाले सुरक्षित वैदेशि रोजगारीका बारेमा परामर्श सेवा पाए पनि सात वटा ठगीका मुद्दा दर्ता भएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
