सेवादल यूनिट नं. २५४ द्वारा निरंकारी चाइल्ड सिम्पोजियमको आयोजना

टीकापुर, ५ पौष । सेवादल यूनिट नं. २५४ द्वारा निरंकारी चाइल्ड सिम्पोजियमको आयोजना गरिएको छ ।


हिजो शुक्रबार निरंकारी चाइल्ड सिम्पोजियमको रुपमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । सन्त निरंकारी सत्संग भवन टीकापुरमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा सन्त निरंकारी आदर्श विद्या मन्दिरका विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई ४ समूहमा विभाजन गरिएकोे थियो । ती चारै समूहलाई नेपाली साहित्य, विज्ञान तथा प्रविधि, बौद्धिक गुणांक, महान वाणी र समसामयिक प्रश्नहरु सोधिएका थिए ।


हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरु प्रतिमा भण्डारी, अस्मी बिक, यज्ञमान ठकुल्ला र अविनाश बिक रहेका थिए भने त्यस्तै द्वितीय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरु सन्तुष्ट रावल, सार्थक भूल, अनुजा बिक र उन्नती साउँद रहेका थिए, त्यस्तै तृतीय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुमा मन्जु साउँद, नैतिक नेपाली, आरोध रावल र रेजिना भण्डारी रहेका थिए भने सान्त्वना पुरस्कार निराजन बोहरा, समीक्षा थापा, रेशम भण्डारी, निशा बिक, अनुरोध रावल, रोशन रोशनी बोहरा, मनिषा भण्डारी, पूर्णिमा ठकुल्लालाई दिइएको थियो ।

‘संस्कारी बच्चा’ नामक सन्त निरंकारी साहित्यलाई उपहार स्वरुप सञ्चालिका जुनी देवी रावल लगायत विभिन्न सेवादल जवानहरुलाई वितरण गरिएको थियो ।
उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले मिशन युवाहरुलाई एनवाइएस मार्फत सत्गुरु माता सुदीक्षा जीले प्रेरणा दिँदै आउनुभएको छ । भनिन्छ आजका बालबालिका भोलिका कर्णधार हुन् भन्ने मनसायले मिशनमा पनि आजका बच्चाहरु भोलि गएर मिशनलाई अगाडि डो¥याउन सकुन भन्ने उद्देश्यले यस्ता किसिमका कार्यक्रमको आयोजना गरिएको हो । भविष्यमा यस्तै अवधारणालाई फराकिलो गर्दै बाल समागम र महिला समागमको पनि आयोजना गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
उहाँले भविष्यमा एनवाइएसको तयारी पनि गर्नुपर्ने भएकोले यस्ता कार्यक्रम नेपालका विभिन्न ठाउँमा मिशनले अबका आउँदा दिनहरुमा कसरी गर्न सकिन्छ भनेर केन्द्रीय कमिटीमा राख्ने उहाँले बताउनुभयो । उहाँले हाजिरी जवाफ प्रतियोगिता आयोजक टिमलाई पनि आउँदा दिनहरुमा यस्ता किसिमका कार्यक्रम गर्दा के के कुरामा ध्यान दिनुपर्ने त्यसको बारेमा सुझाव–सल्लाह दिनुभएको थियो ।

त्यस्तै प्रकार सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमालले बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि यस्ता किसिमका कार्यक्रमहरुले ठूलो टेवा पु¥याउने बताउनुभयो । उहाँले बाल सत्संग मार्फत बालबालिकाहरुलाई भौतिक विकासको साथसाथै आध्यात्मिक तथा अनुशासित जीवन कसरी जिउने भन्ने बारेमा पनि शिक्षण गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सन्त निरंकारी आदर्श विद्या मन्दिर टीकापुरका अध्यक्ष श्रीराम काफ्ले, सन्त निरंकारी टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारी, युनिट नम्बर २५४ का सेवादल सञ्चालक बल बहादुर सार्की लगायतले विद्यार्थी भाइबहिनीहरुको भविष्यको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।
प्रतियोगितालाई अनवरत रुपले कार्यक्रमको रेखाङ्कन तथा सञ्चालन सेवादल जवान तथा शिक्षक प्रकाशमान ठकुल्लाले गर्नुभएको थियो ।



You must be logged in to post a comment.