पुस १७ देखि भादा गाउँ थारू होमस्टे महोत्सव

धनगढी ।कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादा गाउँमा थारू होमस्टे भादा महोत्सव आयोजना हुने भएको छ । पुस १७ गतेदेखि २१ गतेसम्म आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा रहेको थारू होमस्टे भादा महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीनारायण चौधरीले जानकारी दिनु भयो ।

‘थारू जातिको परम्परा भेषभुषा, कला संस्कृति परिकार र पहिचानलाई पर्यटनमार्फत प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको १२ औ संस्करण आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।

२०७६ देखि आयोजना हुँदै आएको थारू होमस्टे महोत्सवले थारू संस्कृतिको देश विदेशमा प्रचार–प्रसारमा महत्त्वपूर्ण भूमिका खेलेको होमस्टे अवलोकन गर्न आउने देशी विदेशी पर्यटकको संङ्ख्यामा समेत वृद्धि भएको महोत्सव मूल आयोजक समितीका संयोजक चौधरीले बताउनुु भयो ।
संयोजक चौधरीले भन्नुभयो, “होमस्टे गाउँमा २० घरमा होमस्टे सञ्चालनमा रहेको छ, अहिले आन्तरिक र वाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ, दैनिक ६० देखि ७० जना पर्यटकहरू बास बस्ने गरेर आउनु हुन्छ ।”
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने, ७० वटा स्टल, थारू परिकार, देउथान, थारु सङ्ग्रहालय अवलोकन गर्न पाइने आयोजकले जानकारी दिएको छ । खुला भलिबल प्रतियोगिता, फोटो हस्तकला र कृषि प्रदर्शनी समेत महोत्सवमा हुने आयोजकले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.