राजनीति

रेशम चौधरीको प्रश्न– मैले चुनाव लड्न नपाए ओली-देउवा-रविले पाउँछन् त ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१४ पुुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूले चुनाव लड्न नपाए केपी ओली, शेरबहादुर देउवा, प्रचण्डदेखि रवि लामिछाने सम्मले चुनाव लड्न नपाउने बताएका छन् ।

आफ्नो दलको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगेका बेला सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले आगामी चुनावमा आफू उम्मेदवार बन्न नपाउने भन्ने गलत प्रश्न भएको बताए ।

बिज्ञापन

‘रेशम चौधरीले चुनाव लड्न पाउँदैन भन्नु सबैभन्दा गलत प्रश्न हो,’ उनले भने, ‘ रेशम चौधरीले चुनाव लड्न नपाए केपी ओलीजीले चुनाव लड्छन् त ? कि पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्छन् ? या शेरबहादुर देउवाजीले लड्छन् ? चुनाव रविजीले लड्नुहुन्छ जेलबाट बाहिर निस्किएर? चुनाव बालेनजीले लड्नुहुन्छ ?’

यस्तै दमनका विरुद्ध २३ र २४ भदौको जेनजी आन्दोलन भएको दावी गर्दै उनले जेनजी आन्दोलनमा बगेको रगत सुक्न नपाउँदै ओली–देउवाहरू चैं चुनाव लड्न पाउने, आफू नपाउने भन्ने जिकिर गरे ।

‘जेनजी आन्दोलनमा ७७ जना शहीद भए । घाइते अस्पतालमै छन् । उनीहरूले –जेनज िआन्दोलनताकाका प्रधानमन्त्री केपी शर्मा ओली, सत्तागठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा) चुनाव लड्न पाउने, थारु भएकै कारण रेशमले चुनाव लड्न नपाउने ?’

उनले यहाँ जे पनि हुने भन्दै अदालतले पुष्पकमल दाहाललाई चुनाव लड्ने अधिकार दिँदैछ होइन भन्ने प्रतिप्रश्न गरे ।

मुलुकमा अहिले पनि जातका आधारमा अन्याय र दमन हुने गरेको उनको भनाइ छ ।

सञ्चारकर्मीहरूले टिकापुर घटनामा दोषी प्रमाणित भई सजाय काटिरहेका बेला राष्ट्रपतिबाट सजाय मिनाहा भएको प्रसंग निकालेपछि रेशमले घटनामा आफ्नो कुनै संलग्ना नरहेको दावी गरे ।

‘देशको फौजदारी कार्यविधि संहितामा वारदातस्थलमा नभएको मान्छेलाई मुद्दा लगाउन पाइँदैन । म घटनास्थलमै थिइनँ । अनि म कसरी दोषी भएँ । थारु भएकै कारण अन्याय गर्न पाइँदैन ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।