सुदूरपश्चिम प्रदेश

घोडाघोडीको विद्यालय प्राङ्गणमा अजिङ्गर फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली: कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित जनप्रगतिशील आधारभूत विद्यालय, डोडापारी दिपनगरमा अजिङ्गर फेला परेको छ।

लोक कल्याणकारी विज्ञापन

विद्यालय प्राङ्गणमा अजिङ्गर देखेपछि विद्यार्थीले जानकारी गराएका थिए भने त्यसपछि शिक्षक हर्क बमले सम्बन्धित निकायलाई खबर गरेका हुन्।

लोक कल्याणकारी विज्ञापन

अजिङ्गरको उद्धारका लागि बुढिया नकरोड सामुदायिक वनका अध्यक्ष मनराज उपाध्याय, सब–डिभिजन वन कार्यालय साडेपानीका वन रक्षक महेश राना लगायतको टोली खटिएको थियो। टोलीले अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरेको छ।

बिज्ञापन

उद्धार गरिएको अजिङ्गरको तौल करिब १२ केजी र लम्बाइ १।५ मिटर रहेको वन रक्षक रानाले बताए। अजिङ्गरलाई सुरक्षित बासस्थान नकरोड तालमा छाडिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन