टीकापुरको मौरनियाँमा ‘बरघर घर’ को भव्य उद्घाटन

टीकापुर, ३ माघ । टीकापुरको मौरनियाँमा ‘बरघर घर’ को भव्य उद्घाटन गरिएको छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुद्वारा ब्यानर लोेकपार्ण गरिएर बरघर घरको उद्घाटन गरिएको थियो ।

थारु समुदायकको नव वर्ष तथा नेपालीहरु कै महान चाँड माघी पर्वको अवसरमा नव निर्मित बरघर घर टीकापुर–४ मौरनियाँको सुकुमवासी टोल स्थित खक्रोला रोडमा रहेको छ ।
उद्घाटन कार्यक्रममा वडा वासी लगाएत छिमेकी वडाहरुबाट पनि थुप्रै पाहुनाहरु थारु भेशभूषा, संस्कृति झल्किने बाजा–गाँजा, नृत्य सहित नाच्दै–गाउँदै कार्यक्रमा प्रवेश गरेका थिए । कार्यक्रममा थारु भेशभूषा झल्किने विभिन्न नृत्य तथा झाँकीहरु पनि प्रस्तुत गरिएका थिए ।
उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिका विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, विशिष्ट विशिष्ट अतिथिको रुपमा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन धिताल लगाएत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजकत्व टीकापुर ४ का वडा अध्यक्ष लालविर चौधरीले गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
