प्रतिनिधि सभामा मेयर त्यागेका रामलालको सपना अधुरै

टीकापुर, २५ फाल्गुण । प्रतिनिधि सभामा मेयर पद त्यागेका रामलाल डगौराको सपना अधुरै रहेको छ ।
२०७४ सालमा टिकापुर नगरपालिकाको वडा नम्बर ७ मा तत्कालीन माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका रामलाल डगौरा २०७९ सालको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुख (मेयर) निर्वाचित भएका थिए।

माओवादी केन्द्रबाट उपमेयर निर्वाचित खडकबहादुर शाह जग्गा हिनामिना प्रकरणमा मुछिएपछि निलम्बनमा परे। त्यसपछि उपप्रमुखको जिम्मेवारीसमेत मेयर रामलाल डगौराको काँधमा थपिएको थियो।
तर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न उनले आफ्नो कार्यकाल बाँकी रहँदै मेयर पदबाट राजीनामा दिए ।
तत्कालीन माओवादीबाट वडाध्यक्ष र नाउपाबाट मेयर निर्वाचित भएका डगौरा नेकपाबाट कैलाली क्षेत्र नम्बर १ को उम्मेदवार बनेका थिए। तर यसपटक उनी तेस्रो स्थानमा सीमित भए।
राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवाली १७ हजार ८६२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा डगौराले ८ हजार ३९२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
