निरंकारी सतगुरुको जन्मोत्सवमा मानव सेवाको अनौठो उदाहरण

स्वास्थ्य जाँच शिविरका रुपमा सेवाको अनुपम उपहार
दिल्ली, १२ मार्च २०२६ । परम श्रद्धेय सत्गुरु माता सुदीक्षा जी महाराजको दिव्य प्रेरणाले आलोकित सन्त निरंकारी मिशन सधैं मानव सेवा, समाज कल्याण र लोकमंगलको पवित्र कार्यहरुमा समर्पित रहँदै आएको छ । यही सेवाभावलाई निरन्तरता दिँदै सन्त निरंकारी च्यारिटेबल फाउण्डेशनको तत्वावधानमा, सतगुरु माता जीको जन्मोत्सवको अवसरमा सन्त निरंकारी हेल्थ सिटीको सहयोगमा दिल्ली–एनसीआरका करिब ५० स्थानहरुमा भव्य स्वास्थ्य जाँच शिविरहरुको आयोजना गरिनेछ ।

सन्त निरंकारी मण्डलका सचिव आदरणीय श्री जोगिन्दर सुखीजा जीले यस सम्बन्धमा जानकारी दिँदै बताए अनुसार यी विशेष स्वास्थ्य जाँच शिविरहरु १३ देखि १५ मार्च २०२६ सम्म बिहान ७ः०० देखि ११ः०० बजेसम्म सञ्चालन गरिनेछन् । यी शिविरहरुमा स्वास्थ्य सम्बन्धी विभिन्न जाँचहरु टाटा १ एमजीको सहकार्यमा सम्पन्न गरिनेछ । ब्लड सुगर, रक्तचाप (बी.पी.) जस्ता आवश्यक स्वास्थ्य सेवाहरु निःशुल्क उपलब्ध गराइनेछन् भने सम्पूर्ण स्वास्थ्य परीक्षणका लागि अत्यन्त न्यून शुल्क मात्र निर्धारण गरिएको छ, ताकि बढीभन्दा बढी मानिसहरुले यस सेवाको लाभ लिन सकुन् ।

उक्त स्वास्थ्य शिविरहरुको लाभ मिशनद्वारा काख लिएका गाउँहरु पट्ठीकल्याणा, पांच्छी गुजरान, मंडोरा गाउँ र भोडवाल मांजरीका बासिन्दाहरु सहित हजारौँ नागरिक तथा समाजका विभिन्न समुदायहरुले प्राप्त गर्नेछन् । चिकित्सा क्षेत्रका अनुभवी डाक्टरहरु, प्रशिक्षित स्वास्थ्यकर्मी तथा समर्पित स्वयंसेवकहरुको सेवामार्फत नागरिकहरुलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराइनेछ । यो महत्वपूर्ण पहलले स्वास्थ्य सचेतनालाई बढावा दिनुका साथै समाजमा सेवा, समर्पण र मानवीय संवेदनशीलताको भावनालाई अझ सुदृढ बनाउनेछ ।
सत्गुरु माता जीको सधैं यही प्रयास रहँदै आएको छ कि यस्ता पावन अवसरहरुलाई केवल उत्सवमा मात्र सीमित नराखी मानवता सेवा र लोककल्याणका कार्यहरुसँग जोडियोस् । मिशनका मूल सिद्धान्तहरु अनुरुप स्वास्थ्य, शिक्षा र आध्यात्मिकताको माध्यमबाट समाजलाई सशक्त र उन्नत बनाउने यो पवित्र पहल निरन्तर अघि बढिरहनेछ ।
निश्चत रुपबाट यो सेवामूलक प्रयास समाजमा स्वास्थ्य सचेतना बढाउनुका साथै आपसी सहयोग, सेवाभाव र आध्यात्मिक जागरणको भावनालाई पनि प्रोत्साहित गर्नेछ । सत्गुरु माता जीको आशीर्वादले मानव सेवाको यो प्रेरणादायी यात्रा निरन्तर प्रगतिको मार्गमा अघि बढिरहनेछ ।
आध्यात्मिक ऊर्जा र आत्मिक शान्तिको दिव्य संगम
सत्गुरु माता सुदीक्षा जी महाराज एवं निरंकारी राजपिता रमित जीको पावन उपस्थितिमा १३ मार्च २०२६ मा ग्राउन्ड नं. २, बुराडी रोड, दिल्लीमा साँझ ५ः०० देखि राति ९ः०० बजेसम्म विशेष सत्संग समारोहको आयोजना गरिनेछ । यस दिव्य आध्यात्मिक कार्यक्रममा दिल्ली तथा आसपासका क्षेत्रहरुबाट हजारौँ श्रद्धालु भक्तहरु उपस्थित भइ सत्गुरु माता जीका प्रेरणादायी सत्संग वचनहरुबाट आत्मिक शान्ति, आध्यात्मिक ऊर्जा तथा जीवनका लागि सकारात्मक प्रेरणा प्राप्त गर्नेछन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.