कार्की आयोगको विरोधाभासः एआईजी शाहलाई एकै साथ पुरस्कार र कारबाही सिफारिस

काठमाडौं । जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा एकै प्रहरीलाई एउटा पानामा कारवाही र अर्को पानामा पुरस्कार सिफारिस भएको छ ।
एआईजी सिद्धिबिक्रम शाहका हकमा त्यस्तो भएको हो । उनी उक्त आन्दोलनका समय प्रहरी प्रधान कार्यालयको कार्य विभाग प्रमुख थिए । प्रतिवेदनको पृष्ठ ६८९ मा उनले प्रहरी प्रधान कार्यालय सुरक्षाबापत पुरस्कार सिफारिस गरिएको छ । टंगालस्थित भाटभटेनी, नक्सालको होल्टन होटलमा आगजनी हुँदा उनको नेतृत्वमा प्रहरी प्रधान कार्यालय सुरक्षित राखिएको भनिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘शाहले आक्रमणकारीहरुलाई मुल गेट भित्र प्रवेश गर्न नदिई नेतृत्वदायी भूमिका निर्वाह गरी नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई पूर्ण रुपमा सुरक्षित राख्न सफल भएको हुँदा उनलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्नु पर्ने पनि देखिन्छ ।’
तर, पृष्ठ ७२५ मा उनीसहित पाँच अधिकृतलाई कारबाही सिफारिस भएको छ । त्यसमा एआईजी शाहको नाम पनि उल्लेख छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
