राष्ट्रिय समाचार

फेसबुकमा आएका ‘शिक्षण संस्था २ दिन बिदा’ को सूचना फेक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय भन्दै अहिले एउटा ‘सूचना’ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कतिपयले ‘अप्रिल फूल’ होला भन्दै ‘इगनोर’ गरे पनि धेरैले सत्यजस्तै गरी सेयर गरिरहेका छन् ।

बिज्ञापन

मन्त्रालयको लेटरहेड झट्ट हेर्दा हो जस्तै देखिने त्यो सूचना फेक हो । सूचना भाइरल नै भएपछि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिनुपरेको छ ।

मन्त्रालयले सो सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शनिवार र आइबार दुई दिन पूर्ण रूपमा शैक्षिक संस्थाहरू बन्द हुने कुरा भ्रामक भएको उल्लेख गरेको छ ।

यस्ता भ्रामक सूचना सम्प्रेषण गर्ने र सरकारी कागजात, छाप एवं दस्तखतको दुरुपयोग गरी गलत सन्देश प्रवाह गर्ने व्यक्ति पहिचान गरी कानून अनुसार कारबाहीका लागि सम्बन्धित निकायले मन्त्रालयले अनुरोध पनि गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।