आस्था /आध्यात्म

कपिलवस्तुको सोमडिहमा वृहत सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु, १७ चैत्र । कपिलवस्तुको सोमडिहमा वृहत सत्संग सम्पन्न भएको छ ।

यशोधरा गाउँपालिका–७ सोमडिहमा आयोजित सत्संग कार्यक्रममा आएका सन्त–भक्तहरूलाई सम्बोधन गर्दै कसैया, कुशीनगर जोन–६२ का जोनल इन्चार्ज कमलेश मणि त्रिपाठीले भन्नुभयो— मानिसले जति पनि भौतिक सुख–सुविधा हासिल गरे पनि उसले वास्तविक सुखको अनुभूति गर्न सकिरहेको हुँदैन।

बिज्ञापन

उहाँले आफ्नो जीवनमा घटेको एउटा घटना सुनाउँदै भन्नुभयो, “जब दास मुम्बई गएको थिएँ, त्यतिबेला त्यहाँका एकजना धनाढ्य सन्तले दासलाई आफ्नो घरमा चरण राख्न आग्रह गर्नुभयो। दास उहाँको घरमा पुग्दा त्यहाँ सबै प्रकारका भौतिक सुविधा सम्पन्न थिए। तर पनि उहाँको मनको इच्छा पूरा भएको थिएन। उहाँले भन्नुभएको थियो— यति अपार धन–सम्पत्ति हुँदाहुँदै पनि मनमा बिल्कुलै शान्ति, सुकुन र आनन्द छैन। दाससँग आशीर्वाद माग्दा दास अचम्मित भयो र प्रभुसँग प्रार्थना गर्यो— महात्मालाई भरपूर आनन्द र सुकुनको आशीर्वाद दिनुहोस्।”

त्यस्तै अर्को घटना सुनाउँदै उहाँले भन्नुभयो, “भारतको उत्तर प्रदेशमा बर्सेनी बाढी आउने ठाउँमा सत्संग गर्ने अवसर पाएको थिएँ। त्यहाँकी एक बहिनीले पहिलेदेखि नै घरमा चरण राख्न बिन्ती गरिरहनुभएको थियो। यसपटक दास उहाँको घरमा पुग्दा उहाँ पहिलेको भन्दा अर्कै ठाउँमा सरेको पाइयो। दासले सोध्यो— बहिनीजी, हालखबर कस्तो छ? उहाँले भन्नुभयो— सत्गुरु माताजीको कृपाले म निकै आनन्दित छु, सुखी छु र जीवनमा सुकुन छ। सुख–दुःख त आउँछ र जान्छ, यो सबै निराकारको खेल हो। मनलाई सत्गुरुको चरणमा राखेर सधैं खुसी रहनुपर्छ।” उहाँको कुरा सुनेर दास निकै खुसी भयो र सत्गुरुलाई हृदयदेखि धन्यवाद दिँदै त्यहाँबाट फर्कियो।

उहाँले भन्नुभयो, “मानिसको जीवनमा जति नै भौतिक सुख–सुविधा भए पनि त्यसबाट वास्तविक सुकुन प्राप्त हुँदैन। त्यो केवल केही क्षणका लागि मात्र हुन्छ। वास्तविक सुकुन त सत्गुरुको शरणमा नै हुन्छ। तन, मन र धनलाई सत्गुरुको शरणमा समर्पण गरेर सेवा–सत्कार गर्दै जीवन बितायौं भने सधैं सुखी र आनन्दित रहन सक्छौँ।”

उहाँले अर्को उदाहरण दिँदै भन्नुभयो, “एउटी छोरीको विवाह पराइ घरमा हुन्छ र ऊ पोइला घर जान्छे। दुई महिना पछि बुवाले सोध्नुहुन्छ— छोरी, तिम्रो हालखबर कस्तो छ? छोरी भन्छे— मेरो सबै कुरा राम्रो छ। ससुरा, सासूको हालखबर सोध्दा पनि ऊ ‘म ठिक छु’ मात्र भन्छे। त्यसपछि बुवाले भन्नुहुन्छ— म त अरूको हालखबर सोधिरहेको छु, तिमी किन बारम्बार आफूलाई मात्र ठिक भन्छ्यौ? छोरी भन्छे— यदि मेरो मनको अवस्था ठिक छ भने सबै कुरा ठिक हुन्छ; यदि मन ठिक छैन भने केही पनि ठिक हुँदैन।”

उहाँले थप्नुभयो, “सत्गुरुले हाम्रो मनलाई डोलायमान हुन नदिई स्थिर बनाउनुहुन्छ। उहाँले सबैमा माया, प्रेम र सद्भावको भावना जगाउनुहुन्छ, जसले गर्दा संसारमा सुख, समृद्धि र शान्ति फैलिन्छ।”

उहाँले वर्तमान समाजप्रति संकेत गर्दै भन्नुभयो, “राम–लक्ष्मण र राम–भरतबीचको जस्तो प्रेम आज हाम्रो घर–परिवारमा पाइँदैन। आज थोरै सम्पत्तिका लागि पनि मानिसहरू एकअर्कासँग झगडा गर्न तयार हुन्छन्। भाइ–भाइबीच प्रेम–सत्कार कम देखिन्छ। कसैले आफूलाई ठूलो धर्मको अनुयायी भन्छ, तर के हामीले वास्तवमा धर्मले देखाएको मार्ग अपनाएका छौँ? यसबारे हामी सबैले आत्ममन्थन गर्न आवश्यक छ।”

उहाँले अन्त्यमा भन्नुभयो, “संसारका सबै मानव एकै निराकार परमात्माका सन्तान हुन्। हामी सबै एउटै परिवार हौँ। त्यसैले कसैमाथि भेदभाव नगरी एकअर्कामा प्रेम बाँड्दै जानुपर्छ।”

सत्संग कार्यक्रममा कमलावती, सौकीलाल, पंचम, रामऔतार, मनोज, सिताराम, साधना, राम प्यारे, सिता राम, राम नेवास, संतोला, अर्पिता, राजु, बसन्ती के.सी., राम केवल, कृष्ण आर्याल, राजेन्द्र, आर.आर. यादव, सरोज, निलम, बालकिसुन, राजेश, नेह, नितीन, उपेन्द्र, गंगा राम, भुईधर, गणपत, घनश्याम, प्रभात, राम नवल, सुरज, साधना, इन्द्रदेव, पंचानन, अनुप, कृष्ण कन्हैया पाठक, बुन्देश्वर लगायतले भजन तथा प्रवचनमार्फत आफ्ना भावना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन रामकुमारले गर्नुभएको थियो।

उक्त सत्संग कार्यक्रममा नेपाल प्रहरीका राजेश गिरी (प्रहरी वरिष्ठ नायव निरीक्षक), प्रहरी चौकी मर्यादपुरको पनि उपस्थिति रहेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।