मुग्लिन-मलेखु सडक थप तीन रात बन्द गरिने

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्ड थप तीन रात बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले आज (बिहीबार)एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १० देखि बिहान ४ बजेसम्म बन्द गरिएकामा भोलि (शुक्रबार)देखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो।

इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नति भइरहेको छ। पटक-पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० देखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्न लागिएको हो।
एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमन बन्द रहने सूचनामा उल्लेख छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
