कैलाली

बालेन सरकारकाे निर्णय अवज्ञा गर्दै धनगढीले वैशाख १४ देखि कक्षा सञ्‍चालन गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर जोगाउने तर्क अघि सार्दै संघीय सरकारको निर्धारित तालिकाभन्दा अगाडि नै विद्यालय भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको नगर शिक्षा समितिको बैठकपछि उपमहानगरले स्थानीय आवश्यकतालाई प्राथमिकता दिँदै वैशाख ४ गतेदेखि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको हो। यस निर्णयअनुसार वैशाख ११ गतेसम्म भर्ना प्रक्रिया सक्ने र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने तयारी गरिएको छ।

बिज्ञापन

संघीय सरकारअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने देशभर वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने कार्यतालिका तय गरेको थियो। तर धनगढीका सरोकारवालाहरूले उक्त समय तालिका ढिलो हुँदा शैक्षिक सत्र प्रभावित हुने, आवश्यक पाठ्यघण्टा नपुग्ने र समग्र शिक्षाको गुणस्तरमा असर पर्ने चिन्ता व्यक्त गरेका थिए।

यही सुझावलाई आधार मानेर उपमहानगरले केन्द्रीय निर्णयभन्दा फरक बाटो रोजेको हो। स्थानीय सरकारको यो कदमलाई केन्द्रीकृत नीतिभन्दा स्थानीय आवश्यकतालाई प्राथमिकता दिएको उदाहरणका रूपमा हेरिएको छ।

अब यो निर्णयले अन्य स्थानीय तहलाई पनि आफ्नो आवश्यकता अनुसार शिक्षा व्यवस्थापन गर्न प्रेरित गर्ने कि केन्द्र–स्थानीय समन्वयमा थप बहस सिर्जना गर्ने भन्ने चासो बढेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।