होर्मुज जलमार्ग खुल्दैन : इरान
लोक कल्याणकारी विज्ञापन

इरानले हालको परिस्थितिमा होर्मुजको जलमार्ग फेरि नखोलिने बताएको छ। इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले युद्धविराम उल्लङ्घनका बीचमा यो सम्भव नभएको बताए।
लोक कल्याणकारी विज्ञापन

गालिबाफले अमेरिकी नाकाबन्दीले इरानी बन्दरगाहहरूलाई लक्षित गरेको र यसले विश्व अर्थतन्त्रलाई बन्धक बनाएको आरोप लगाए। उनले नाकाबन्दी अन्त्य भएपछि मात्र पूर्ण युद्धविराम सम्भव हुने बताए।
लोक कल्याणकारी विज्ञापन

यसैबीच, अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानको इस्लामाबादमा बैठक हुने अपेक्षा गरिएको छ। न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार पाकिस्तानको मध्यस्थताले दुई देशलाई चाँडै वार्ताको टेबलमा फर्काउन सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो बैठक चाँडै सम्भव हुने बताएका छन्।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

