प्रवास

लोपउन्मुख कानुङलांघाली मगरसमाजको कार्यक्रम दिल्लीमा सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेमन्त अधिकारी दिल्ली
कानुङ लांघाली मगर समाज दिल्लीले आइतबार दिल्लीको मुकुन्दपुरमा एक कार्यक्रम सम्पन्न गरको छ।

भारतमा छरीएर रहेका मगर समुदायलाइ संगठित गरि समाजले लोप हुदै गएको मगर समाजको भेषभुषा, भाषा, सैली र मगरहरुको पहिचानलाइ संरक्षण गर्ने कार्य गरिरहेको छ। कोरोना लगायतका कारणले समयमा गर्ने नमिलेको २०७८ सालको देउसी भैलो समान कार्यक्रमलाइ समाजले आइतबार मनाउदै समापन गरको हो।

बिज्ञापन

साथै आउदै गरेको नववर्ष २०७९को अगावै शुभकामना आदान प्रदान समेत गरीएको थियो। लोपउन्मुख अवस्थामा पुगेको मगर शैलीको कौडा संगीतलाइ समाजले रेकर्डिङ गराएको छ।

मगर समाज दिल्लीका अध्यक्ष फर्श थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य तथा दिल्ली राज्य समिति अध्यक्ष र कानुङ लांघाली मगर समाज दिल्लीका सल्लाहकार एन.बी थापा प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले आफुहरु लोपउन्मुख अवस्थामा पुगेको मगर संस्कृतिको संरक्षणमा लागेको बताए। साथै उनले कार्यक्रममा उपस्थित पाहुनाहरुलाइ सम्बोधन गर्दै धन्यवाद दिए

सिसोदिया वाटिका, मुकुन्दपुरमा आयोजित कार्यक्रममा दिल्लीमा कार्यरत दर्जनौं संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्दिजिवि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।