राष्ट्रिय समाचार

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भारत सरकारले लिपुलेक पास र कैलाश मानसरोवर यात्राबारे नेपालले उठाएका सीमासम्बन्धी दाबीहरूलाई अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार राति विज्ञप्ति जारी गर्दै नेपालको दाबी ‘अनुचित’ र ‘ऐतिहासिक तथ्यमा आधारित नभएको’ जिकिर गरेका छन् ।

बिज्ञापन

नेपालले आइतबार साँझ दिएको प्रतिक्रियाको जवाफ दिँदै प्रवक्ता जैसवालले लिपुलेकका बारेमा भारतको अडान स्पष्ट र सुसंगत रहेको दाबी गरे ।

‘लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो । दशकौँदेखि यो मार्गबाट यात्रा
भइरहेको छ, यो कुनै नयाँ घटनाक्रम होइन,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको चुच्चे नक्सा र लिम्पियाधुरा, लिपुलेक क्षेत्र, कालापानीको भूमि दाबीलाई भारतले ‘एकतर्फी’ र ‘कृत्रिम’ विस्तारको संज्ञा दिएको छ । यी क्षेत्रमा नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणद्वारा पुष्टि हुन नसक्ने र यो मान्य नहुने भारतको अडान छ ।

यद्यपि, जैसवालले नेपालसँगको द्विपक्षीय सम्बन्ध र सीमा सम्बन्धी विवाद समाधानका लागि संवादको ढोका भने खुला रहेको बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।