व्याक्ती बिशेष

ओलीको घाउमा इन्फेक्सन भएपछि भेटघाट नियन्त्रित, अझै १०-१५ दिन सुरक्षित बस्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । हालै पत्थरीको शल्यक्रिया गरेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ । उनी भक्तपुर, गुण्डुस्थित घरको माथिल्लो तलामा आराम गरिरहेका छन् ।

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नेपाल प्रेसलाई बताएअनुसार शल्यक्रियापछिको संक्रमण (इन्फेक्सन) बाट बचाउन भेटघाट कम गरिएको हो । अझै १० देखि १५ दिनसम्म आराम गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको उनको भनाइ छ ।

बिज्ञापन

केही दिन पहिले अपरेशन गरिएको ठाउँमा घाउ बढेर इन्फेक्सन भएपछि चिकित्सकहरूको सल्लाहमा भेटघाट नियन्त्रित गरिएको उनी बताउँछन् ।

शनिवार परीक्षणका लागि अस्पताल पठाइएको रगतको रिपोर्ट आइतबार आएको उनले बताए । उक्त रिपोर्टमा स्वास्थ्यस्थिति सुधार भएको जानकारी बज्राचार्यले दिए ।

‘पार्टीको नेताहरू आउनुहुँदा डिस्टेन्स मेन्टेन गरेर भेट्नुभएको छ, तर अरू साथीहरूसँग भेट्दा भिडभाड हुने र त्यसले स्वास्थ्यमा असर गर्ने कारण भेटघाटलाई घटाइएको हो’, उनले भने ।

केही दिनअगाडि घाउ बिग्रिँदा अस्पताल नै लैजानुपर्ने स्थिति थियो । बज्राचार्यले बताएअनुसार घरमै चिकित्सकहरू बोलाएर उपचार गरेपछि र ती चिकित्सकहरूले इन्फेक्सन हुने कारणबाट सतर्क हुन भनेपछि भेटघाट नियन्त्रित गरियो । घरमै घाउको ड्रेसिङ भइरहेको र नियमित रूपमा रगतको स्याम्पल परीक्षण भइरहेको उनले बताए ।

यसबीच पार्टीका उपाध्यक्ष, महासचिवसहितका केही पदाधिकारी र केन्द्रीय नेताहरू अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेको उनले बताए ।

‘उहाँहरु सधैँ आउनुहुन्न, काम परेको बेलामा आउँदा टाढा–टाढा बसेर कुराकानी गरिरहनुभएको छ’, बज्राचार्यले भने ।

चिकित्सकहरूले अझै १० देखि १५ दिनसम्म घाउमा बढ्नसक्ने संक्रमणबाट सतर्क रहन सुझाव दिएका छन् । त्यस अवधिसम्म भेटघाटलाई नियन्त्रित नै गरिने उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।