सुदूरपश्चिम प्रदेश

नवजीवन सहकारीमा पाठकको ‘क्लीन स्वीप’ प्रभाव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी — धनगढीस्थित नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा गोपालराज पाठक अध्यक्ष पदमा निर्वाचित भएका छन्। प्रतिस्पर्धी प्यानलहरूलाई पछि पार्दै पाठक नेतृत्वको समूहले अधिकांश पदमा प्रभावशाली सफलता हात पारेको हो।

निर्वाचन परिणामअनुसार पाठकले ४ हजार ७८४ मत प्राप्त गर्दै अध्यक्ष पद सुरक्षित गरे। उनका मुख्य प्रतिस्पर्धी केशवराज मिश्रले ४ हजार ४६९ मत पाए भने अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६४४ मतमा सीमित रहे।

बिज्ञापन

अध्यक्षसहित अन्य महत्त्वपूर्ण पदहरूमा पनि पाठक पक्षको पकड देखिएको छ। उपाध्यक्ष पदमा उत्तम जोशी ४ हजार ३०३ मतसहित विजयी बने। उनका प्रतिस्पर्धी ईश्वरप्रसाद जोशीले ३ हजार ९०४ तथा उपेन्द्र विष्टले ३ हजार १९५ मत प्राप्त गरेका छन्।

लेखा सुपरीवेक्षण समितितर्फ पनि पाठक समूहले बलियो उपस्थिति कायम गर्‍यो। संयोजक पदमा गणेशप्रसाद जोशी ५ हजार १७२ मतसहित निर्वाचित भए। समितिका सदस्यहरूमा खेमराज पाठक र गणेशप्रसाद पाध्याय विजयी बने।

कार्यसमिति सदस्यतर्फ भने केही मिश्रित परिणाम देखिएको छ। सात सदस्यीय पदमध्ये चार स्थान पाठक समूहले जित्दा दुई स्वतन्त्र उम्मेदवार र एक स्थान घनबहादुर शाह समूहले हात पारेका छन्। सदस्य पदमा स्वतन्त्र उम्मेदवार केशवराज जोशी सर्वाधिक ५ हजार १४३ मतसहित निर्वाचित भएका छन्।

पाठक समूहबाट कोपिला कुँवर, गणेश बम, जयराज जोशी र लक्ष्मीराज पन्त विजयी बनेका छन् भने स्वतन्त्र उम्मेदवार खेमराज पाण्डेय तथा शाह समूहका दिर्घबहादुर शाहले पनि सदस्य पदमा स्थान सुरक्षित गरेका छन्।

देशकै अग्रणी सहकारी संस्थामध्ये गनिने नवजीवन सहकारीमा ४० हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन्। शनिबार सम्पन्न निर्वाचनमा १५ हजार २४१ मत खसेको निर्वाचन समितिले जनाएको छ। निर्वाचनले संस्थाको आगामी नेतृत्व र व्यवस्थापनको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।