स्वास्थ्य

गर्मीमा खर्बुजा खाँदा यी कुरामा ध्यान दिनुपर्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। गर्मीमा रसिलो खर्बुजा खानुको बेग्लै रमाइलो छ। यसमा पाइने मिनरल्स र भिटामिन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

धेरैले खर्बुजाको जुस बनाएर खाने गर्छन् भने कसैले खर्बुजामा नुन छर्केर खान मन पराउँछन्। तर, त्यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुले बताएका छन्।

बिज्ञापन

खर्बुजा एक कम क्यालोरी भएको फल हो, यसमा भिटामिन ए र सी र एन्टि–अक्सिडेन्ट प्रशस्त हुन्छ। यसमा नुन छर्केर खाँदा यसले स्वाद बढाउँछ र थप रसदार बनाउँछ।

नुन मिसाएर खर्बुजा खाँदा शरीरमा सोडियमको मात्रा बढ्छ, जसले धेरै समस्या निम्त्याउन सक्छ। जसका कारण रक्तचाप बढ्न सक्छ। बढी नुनका कारण रक्तचापका बिरामीको समस्या बढ्न सक्छ।

गर्मीमा चिसो खान मनपर्ने हुनाले हामी खर्बुजा फ्रिजमा राखेर खाने गर्छौं। तर धेरै चिसो खर्बुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्छ।

खर्बुजा धेरै चिसो खाँदा, यसले पेट र अन्य पाचन समस्याहरू निम्त्याउन सक्छ। यसबाहेक खर्बुजा खाएपछि दूध पिउनु पनि हानिकारक हुन सक्छ।

किनभने, खर्बुजामा पाइने भिटामिन सी र दूधमा पाइने प्रोटिनले पेट फुल्ने समस्या निम्त्याउन सक्छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।