बिश्व

इरानी आक्रमणपछि मध्यपूर्वमा उच्च सतर्कता, यूएई–कुवेत उडान सेवा प्रभावित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डिजिटल डेस्क । इरानले कुवेत र बहराइनतर्फ मिसाइल आक्रमण गरेको घटनापछि मध्यपूर्व क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने केही स्थानमा हवाई सेवा प्रभावित बनेको छ।

विभिन्न सञ्चारमाध्यमका अनुसार क्षेत्रीय तनाव चुलिँदै जाँदा बहराइनले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। यस्तै, यूएई र कुवेतमा उडान सेवा प्रभावित भएको जनाइएको छ।

बिज्ञापन

बुधबार बिहान अमेरिकी सेनाले जारी गरेको जानकारीअनुसार कुवेत र बहराइनतर्फ प्रहार गरिएका इरानी मिसाइलहरू या त लक्ष्यमा पुग्न असफल भएका थिए वा तिनलाई बीचमै निष्क्रिय पारिएको थियो। त्यसको जवाफस्वरूप अमेरिकाले इरानको एक सैन्य संरचनामाथि प्रतिआक्रमण गरेको बताइएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार होर्मुज जलडमरूमध्य नजिकको केश्म द्वीपस्थित इरानी सैन्य ग्राउन्ड कन्ट्रोल स्टेशनलाई निशाना बनाएर आक्रमण गरिएको थियो। उक्त क्षेत्रमा पानी प्रशोधन (डिसेलिनेशन) प्लान्टसमेत रहेको उल्लेख गरिएको छ।

यसैबीच, इरानले अमेरिका–इरान सम्भावित युद्धविराम विस्तारबारे मध्यस्थकर्तामार्फत भइरहेका वार्ताहरू पनि रोकिएको दाबी गरिएको छ। पछिल्ला घटनाक्रमसँगै मध्यपूर्व क्षेत्रमा सुरक्षा चुनौती र भू–राजनीतिक तनाव थप गहिरिने संकेत देखिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।