आस्था /आध्यात्म

सन्त मनिराम बिकको प्रथम स्मृति दिवसमा श्रद्धाञ्जली तथा सत्संग कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चिसापानी, २१ जेठ । स्वर्गीय सन्त मनिराम बिकको ब्रह्मलीन भएको एक वर्ष पूरा भएको अवसरमा श्रद्धाञ्जली तथा सत्संग कार्यक्रम भावपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
ज्ञान प्रचारक माहात्मा नवल सिंह बोहराको सान्निध्यमा आयोजित कार्यक्रममा परिवारजन, आफन्त, शुभेच्छुक, स्थानीय समाजसेवी तथा सत्संगप्रेमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबैले स्वर्गीय बिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सन्त–महापुरुषहरुले आफ्नो मन्तव्य राख्दै मनिराम बिकले समाजमा पु¥याएको योगदान, उहाँको सरल जीवनशैली, सेवाभाव र मानवीय मूल्यप्रतिको समर्पणको स्मरण गरेका थिए । वक्ताहरुले उहाँको व्यक्तित्व र कृतित्व आगामी पुस्ताका लागि प्रेरणादायी रहेको बताएका थिए ।

बिज्ञापन

कार्यक्रममा भजन–कीर्तन, प्रवचन तथा आध्यात्मिक चिन्तनमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो । सहभागीहरुले उहाँको स्मृतिमा श्रद्धासुमन अर्पण गर्दै उहाँले देखाएको मार्ग अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


सत्संग कार्यक्रमको आयोजना स्वर्गीय बिककी बुहारी दिपा बिकले गरेकी थिइन् । कार्यक्रममा आफ्नो धारणा राख्दै उनले स्वर्गीय ससुराको स्मृतिलाई सदैव जीवन्त राख्ने र उहाँले देखाउनुभएको सकारात्मक सोच, सेवा र सदाचारको बाटो परिवारका लागि निरन्तर प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरिन् ।


वि.सं. २०८२ असार २० गते ब्रह्मलीन हुनुभएका मनिराम बिकको स्मृतिमा आयोजित उक्त कार्यक्रम श्रद्धा, सम्मान र आध्यात्मिक भावनाले भरिएको वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सन्त–महात्माहरूले उहाँको अभाव सधैं महसुस हुने उल्लेख गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


स्वर्गीय मनिराम बिक चिसापानी सत्संग भवनका सत्संग इन्चार्जका रुपमा समेत सक्रिय रहँदै आध्यात्मिक तथा सामाजिक सेवामा योगदान पु¥याउँदै आएका थिए । उहाँको सेवामूलक कार्य र सत्संगप्रतिको समर्पणलाई सहभागीहरुले विशेष रुपमा स्मरण गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।