सुदूरपश्चिम प्रदेश

टेम्पो दुर्घटना प्रकरणमा प्रदेश सरकारको चासो, छानबिन समिति गठन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी , १ असार । भिरबाट टेम्पो खसालिएको भनिएको घटनाप्रति चासो देखाउँदै सुदूरपश्चिम प्रदेशको वन तथा वातावरण मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन मन्त्रालयले औपचारिक रूपमा छानबिन समिति गठन गरेको जनाएको छ।

मन्त्रालयका अनुसार घटनासँग सम्बन्धित तथ्य, परिस्थितिहरू र सम्भावित जिम्मेवारीको विषयमा निष्पक्ष अध्ययन गर्न समिति बनाइएको हो। समितिले घटनास्थलको अवलोकन, सरोकारवालासँग छलफल तथा आवश्यक प्रमाण संकलन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ।

बिज्ञापन

घटनापछि विभिन्न तहबाट प्रश्न उठ्न थालेपछि मन्त्रालयले सत्यतथ्य बाहिर ल्याउन अनुसन्धानलाई प्राथमिकता दिएको जनाएको छ। छानबिन प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा थप कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।