सुदूरपश्चिम प्रदेश

पत्रकार ऐश्वर्या कुँवरविरुद्ध ‘अभद्र व्यवहारमा’ मुद्दा दर्ता, अनुसन्धान जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कञ्चनपुर प्रहरीले जनप्रतिनिधिसँग विवाद र हातपात गरेको आरोपमा पक्राउ परेकी सञ्चारकर्मी ऐश्वर्या कुँवर विरुद्ध ‘अभद्र व्यवहार’ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार कुँवरमाथि जनप्रतिनिधिसँग विवाद तथा हातपात गरेको आरोपमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको हो।

बिज्ञापन

प्रहरीले जनाएअनुसार कुँवरले भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रवीन्द्र देवकोटा र भीमदत्त नगरपालिकाकी कार्यपालिका सदस्य सीतादेवी भण्डारीसँग वादविवाद गर्दै हातपात गरेकी थिइन्।

घटना भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरस्थित होटल स्विट ड्रिममा सञ्चालन भइरहेको ‘सुनौलो भविष्य बाल क्लब’मा आबद्ध बालबालिकाका लागि तीन दिने नेतृत्व विकास तालिमका क्रममा भएको बताइएको छ। सोही क्रममा विवाद चर्किएर हातपातसम्म पुगेको जनाइएको छ।

घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।