स्वास्थ्य

टिकापुर अस्पतालमा डाक्टरको लापरबाही र अनियमितता भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २३ असार । कैलालीको टीकापुरका नागरिकहरूले टीकापुर अस्पतालमा डाक्टरहरूको लापरबाही, अनियमितता तथा बिरामीले भोग्नुपरेको सास्तीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सुदूरपश्चिम प्रदेश सरकारसँग तत्काल सुधारात्मक कदम चाल्न माग गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय (स्वास्थ्य) लाई सम्बोधन गर्दै नागरिकहरूले अस्पतालमा डाक्टरहरू समयमा उपस्थित नहुने, बिरामीलाई लामो समयसम्म पर्खाइमा राख्ने तथा स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध हुन नसकेको गुनासो गरेका छन्।

बिज्ञापन

ध्यानाकर्षण पत्रमा टाढाका गाउँबाट उपचारका लागि आएका बिरामी, ज्येष्ठ नागरिक तथा बालबालिकासहितका सेवाग्राहीले चार घण्टाभन्दा बढी समयसम्म डाक्टरको प्रतीक्षामा बस्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। ओपीडी सेवामा समेत घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको जनाइएको छ।

नागरिकहरूले केही डाक्टरले सरकारी सेवाभन्दा निजी क्लिनिकलाई प्राथमिकता दिएको, सरकारी ड्युटी समयमा अस्पतालमा अनुपस्थित रहने तथा बिरामीलाई निजी स्वास्थ्य संस्थामा जान प्रेरित गर्ने गरेको आरोप पनि लगाएका छन्। साथै अस्पतालमा आवश्यक जनशक्ति, आधुनिक उपकरण र औषधिको अभावका कारण सेवा प्रवाह प्रभावित भएको दाबी गरिएको छ।

ध्यानाकर्षण पत्रमार्फत नागरिकहरूले अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीको उपस्थितिको बायोमेट्रिक वा डिजिटल प्रणालीमार्फत कडा अनुगमन गर्न, ड्युटी समयमा अनुपस्थित हुने स्वास्थ्यकर्मीमाथि कारबाही गर्न, बिरामीको सहज सेवाका लागि डिजिटल टोकन वा अनलाइन टिकट प्रणाली लागू गर्न तथा अस्पताल विकास समिति र प्रशासनको कार्यसम्पादनमाथि उच्चस्तरीय छानबिन गर्न प्रदेश सरकारसँग माग गरेका छन्।

नागरिकको स्वास्थ्य सेवा पाउने मौलिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले तत्काल प्रभावकारी र व्यावहारिक कदम चाल्नुपर्ने उनीहरूको माग छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।