टीकापुर

टीकापुर प्रहरी हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार, ड्युटीमा रहेका प्रहरी जवान निलम्बित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कापुर, २३ असार । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागूऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएपछि प्रहरीले घटनाको छानबिन प्रक्रिया अघि बढाएको छ।

प्रहरीका अनुसार आइतबार राति हिरासतमा रहेका संजय नगार्जी प्रहरीको निगरानीबाट उम्किएका हुन्। घटनापछि उनको खोजीका लागि प्रहरी परिचालन गरिएको जनाएको छ।

बिज्ञापन

घटनापछि ड्युटीमा खटिएका प्रहरी जवान ललि भण्डारीलाई जिम्मेवारीमा लापरबाही भएको आशंकामा निलम्बन गरिएको छ।

यस घटनाको वास्तविक कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ।

समितिले हिरासत सुरक्षा व्यवस्थामा कुनै कमजोरी वा लापरबाही भएको–नभएको विषयमा अनुसन्धान गरी प्रतिवेदन बुझाउनेछ। उता, फरार थुनुवाको खोजी कार्यलाई पनि तीव्र बनाइएको प्रहरीको भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।