आस्था /आध्यात्म

सन्त कोकिला कुमालज्यूको स्मृतिमा श्रद्धाञ्जलि सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, असार २४। सन्त कोकिला कुमालज्यूको स्मृतिमा श्रद्धाञ्जलि सत्संग कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारीले जन्म र मृत्यु निराकार परमात्माको अधीनमा रहेको बताउँदै मानव जीवन चौरासी लाख योनिमध्ये सर्वश्रेष्ठ भएको उल्लेख गर्नुभयो। उहाँले मानवले मानवीय गुण, दया, परोपकार, क्षमा र सेवाभावलाई आत्मसात् गर्दै समाजमा शान्ति र सद्भाव कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

बिज्ञापन

उहाँले मानव जन्मलाई सार्थक बनाउन ब्रह्मज्ञान आवश्यक रहेको बताउँदै सद्गुरु माताजीले निरंकारी मिसनमार्फत मानवलाई सच्चा मानव बन्ने मार्ग देखाइ रहनुभएको उल्लेख गर्नुभयो। तन, मन र धनले सद्गुरुप्रति समर्पित भई सेवा, सत्संग र सुमिरनमा लाग्न सके मानव जीवन सफल हुने उहाँको भनाइ थियो।

भण्डारीले मानिसको पहिचान उसको कर्मबाट हुने बताउँदै समाजका लागि सकारात्मक योगदान गर्ने व्यक्तिलाई समाजले सधै सम्मानपूर्वक सम्झने, तर दुष्कर्म गर्ने व्यक्तिको स्मरण कसैले नगर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले मृत्युपछि गरिने कर्मकाण्डभन्दा जीवनकालमै दया, परोपकार, सेवा र मानवीय कार्य गर्नु नै वास्तविक धर्म र मोक्ष प्राप्तिको आधार भएको बताउनुभयो।

उहाँले शरीरकै माध्यमबाट निराकार परमात्माको अनुभूति गरी पाँच प्रण र नौ प्रकृतिलाई आत्मसात् गर्ने व्यक्ति मोक्षको अधिकारी हुने उल्लेख गर्दै स्वर्गीय सन्त कोकिला कुमालज्यूले गर्नुभएको सेवा र समर्पणबाट प्रेरणा लिएर परिवार तथा समाजले सेवा, सत्संग र सुमिरनको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य श्रीराम काफ्ले, सेवादल सञ्चालक बलबहादुर कार्की, युवा गायक तेजबहादुर बोहरा, मानसिंह, सुनिता, हर्कबहादुर रावल, जुनी रावल, भुवनसिंह भण्डारी, दीर्घ कुमाल, प्रह्लाद रावल, इन्द्रसिंहलगायत सन्त–महात्माहरूले स्वर्गीय कोकिला कुमालज्यूले \पुर्‍याउनुभएको योगदानको स्मरण गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक भवनसिंहले गर्नुभएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।