घटना

टीकापुर र धनगढीबाट खैरो हेरोइनसहित चार जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीका टीकापुर र धनगढीका छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–८ मा शंकास्पद व्यक्तिमाथि चेकजाँच गर्ने क्रममा स्थानीय ३२ वर्षीय हरिलाल राना, २२ वर्षीय उमेश राना र २० वर्षीय हेमराज रानालाई ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित शुक्रबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

यस्तै, इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–९ खक्रौलामा चेकजाँचका क्रममा टीकापुर–६ निवासी २० वर्षीय अमित परियारको साथबाट ४१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ।

प्रहरीले चारै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।