जलवायु

आज सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आज देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसमविद्का अनुसार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ। साथै, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।

बिज्ञापन

यस्तै, लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।