अनौठो

साइकलको ठक्करपछि अचेत बालकलाई मृत ठानी बोरामा हालेर पोखरीमा फालियो, १५ वर्षीया किशोरी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

महोत्तरी, ७ साउन । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिन्डामा साइकलको ठक्करबाट अचेत भएका एक बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा प्रहरीले १५ वर्षीया किशोरीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जेठ २२ गते मल बोकेर साइकलमा खेततर्फ जाँदै गरेकी किशोरीले स्थानीय बालक मनिकेश कुमार यादव लाई ठक्कर दिएकी थिइन्। ठक्करपछि बालक अचेत बनेका थिए।

बिज्ञापन

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालकको मृत्यु भइसकेको ठानेकी किशोरीले उनलाई बोरामा राखेर नजिकैको पोखरीमा फालेकी थिइन्। त्यसपछि पोखरीमा बालकको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार घटनास्थलबाट संकलित प्रमाण, प्राविधिक अनुसन्धान तथा सोधपुछका आधारमा किशोरीमाथि शंका केन्द्रित भएको थियो। थप अनुसन्धानका क्रममा उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा बालकले लगाएको चाँदीको बाला पनि किशोरीले निकालेको खुलेको छ। प्रहरीले उक्त बाला बरामद गरिसकेको जनाएको छ।

प्रहरीले असार ५ गते किशोरीलाई घरबाट नियन्त्रणमा लिएको थियो। महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाको सम्पूर्ण कारण र अन्य सम्भावित पक्षबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।