टीकापुर

टीकापुर–६ प्रसेनीमा सिँचाइ नहर निर्माण अन्तिम चरणमा, ओखरपुर पानीमूल दोस्रो चरणमा विस्तार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर (नारायणपुर), ७ साउन । कैलालीको टीकापुर नगरपालिका–६ प्रसेनी क्षेत्रमा कृषि सिँचाइका लागि निर्माण भइरहेको नहरको काम अन्तिम चरणमा पुगेको छ।

स्थानीय कृषकलाई वर्षभरि सहज सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको नहरको अधिकांश संरचनात्मक काम सम्पन्न भइसकेको र अन्तिम तयारी भइरहेको सम्बन्धित पक्षले जनाएको छ।

बिज्ञापन

यस्तै, ओखरपुर पानीमूल आयोजनाको दोस्रो चरण (फेज) अन्तर्गत थप विस्तार तथा निर्माण कार्य पनि अघि बढाइएको छ। दोस्रो चरणमा पानी आपूर्ति र सिँचाइ पूर्वाधारलाई थप प्रभावकारी बनाउने गरी काम भइरहेको बताइएको छ।

स्थानीयवासीले नहर निर्माण सम्पन्न भएपछि खेतीपातीमा सहज सिँचाइ सुविधा पुग्ने, उत्पादन वृद्धि हुने तथा किसानको लागत घट्ने अपेक्षा गरेका छन्। आयोजना समयमै सम्पन्न भएपछि प्रसेनी तथा आसपासका कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।