घटना

आइफोन नकिनिदिएको भन्दै भीरमा पुगेका युवकलाई बचाउन जाँदा बाबुआमासहित तीन जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, ८ भाद्र । भारतको महाराष्ट्र राज्यको छत्रपति सम्भाजीनगरमा आत्महत्याको प्रयास गरिरहेका एक युवकलाई बचाउन खोज्दा उनका बाबुआमासहित तीन जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आइफोन नकिनिदिएको विषयमा असन्तुष्ट बनेका युवक आत्महत्या गर्ने उद्देश्यले भीरमा पुगेका थिए। छोरालाई बचाउन उनका बुबा र आमा पनि भीरमा झरेका थिए।

उद्धार गर्ने क्रममा परिस्थिति जटिल बन्दा तीनै जनाको मृत्यु भएको बताइएको छ। घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना भएको छ।

घटनाबारे स्थानीय प्रहरी तथा उद्धार टोलीले थप अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।