सहयोग तथा उदार

हिमालय मा.वि.घियाका नानीबाबुको मानवीय उदाहरण : खाजा खर्चबाट बाढीपीडितलाई सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १४ भाद्र । हिमालय माध्यमिक विद्यालय, टीकापुर–३, घिया पुछरी, कैलालीअन्तर्गतको ‘हिमालय स्काउट ट्रुप’ मा आबद्ध नानीबाबुहरूले रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।

स्काउट ट्रुपमा आबद्ध बालबालिकाहरूले आफ्नै दैनिक खाजा खर्चबाट रकम बचत गरी रु. १ हजार ३ सय संकलन गरेर रसुवा बाढीपीडितका लागि सहयोग गरेका हुन्।

सानै उमेरदेखि सामाजिक सेवा, मानवीय सहयोग र विपद्मा परेकाहरूलाई साथ दिने भावनाको विकास गर्ने उद्देश्यले उनीहरूले आफ्नो खाजा खर्चबाट रकम छुट्याएर सहयोग गरेको विद्यालयले जनाएको छ।

बालबालिकाहरूको यस कार्यले विपद्को समयमा सहयोगका लागि ठूलो रकम नै आवश्यक नपर्ने, आफूले सक्ने सानो सहयोगले पनि पीडितका लागि महत्वपूर्ण अर्थ राख्ने सन्देश दिएको छ।

विद्यालय परिवारले स्काउटमा आबद्ध नानीबाबुहरूको मानवीय भावना र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै उनीहरूको यो प्रयास अरूका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।