टीकापुर

फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा टीकापुर नगरपालिका परिसरमै थुपारियो फोहोर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २१ असोज । फोहोर व्यवस्थापन गर्ने स्थायी ठाउँ नहुँदा टीकापुर नगरपालिकाले संकलन गरेको फोहोर नगरपालिका परिसरमै थुपार्नुपर्ने अवस्था आएको छ। नगरपालिकाले ९ वटै वडाबाट फोहोर संकलन सुरु गरे पनि त्यसको अन्तिम व्यवस्थापनका लागि स्पष्ट स्थान नहुँदा समस्या बढ्दै गएको हो।

लोक कल्याणकारी विज्ञापन

नगरपालिकाले संकलन गरेका फोहोरले भरिएका ट्याक्टर अहिले नगरपालिका परिसरमै त्रिपालले छोपेर राख्नुपर्ने बाध्यता छ। फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान नहुँदा बजार क्षेत्रबाट दैनिक संकलन हुने फोहोरसमेत व्यवस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे परेको छ।

लोक कल्याणकारी विज्ञापन

नगरपालिकाले केही समययता ९ वटै वडामा फोहोर संकलनको काम विस्तार गरेको छ। संकलन कार्य नियमित हुँदै गए पनि फोहोर विसर्जन तथा व्यवस्थापनका लागि आवश्यक पूर्वाधार र स्थानको व्यवस्था हुन नसक्दा संकलित फोहोर नगर परिसरमै जम्मा हुन थालेको हो।

लोक कल्याणकारी विज्ञापन

फोहोर थुप्रिँदै जाँदा दुर्गन्ध फैलिने, वातावरणमा असर पर्ने तथा नगरपालिका परिसरमै स्वास्थ्य जोखिम बढ्ने चिन्ता स्थानीयको छ। दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न ल्यान्डफिल साइट वा वैकल्पिक व्यवस्थापन केन्द्रको आवश्यकता देखिएको छ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी र आवश्यक प्रक्रिया अघि नबढाए संकलन गरिएको फोहोर नै नगरपालिकाका लागि थप समस्या बन्ने देखिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD