विद्यालय जाँदै गरेकी १४ वर्षीया छात्राको लडेर मृत्यु
लोक कल्याणकारी विज्ञापन

सल्यान, २१ असोज । छत्रेश्वरी गाउँपालिका–२ दहगाउँ कोलगारेकी १४ वर्षीया प्रमिला वलीको विद्यालय जाने क्रममा लडेर मृत्यु भएको छ।
लोक कल्याणकारी विज्ञापन

जनता माध्यमिक विद्यालय बुराँसेमा कक्षा १० मा अध्ययनरत वली बुधबार बिहान विद्यालय जाने क्रममा छत्रेश्वरी गाउँपालिका–२ स्थित बनेलमारे भन्ने स्थानमा सडकबाट तल लडेकी थिइन्। सडकबाट केही तल लडेपछि गम्भीर घाइते भएकी उनको मृत्यु भएको स्थानीयले बताएका छन्।
लोक कल्याणकारी विज्ञापन

वली खिमबहादुर वलीकी नातिनी तथा जिवराज वली र निर्मला वलीकी छोरी हुन्।
लोक कल्याणकारी विज्ञापन

घटनाको खबरले परिवार, आफन्त, विद्यालय तथा स्थानीय समुदाय शोकमा डुबेको छ। स्थानीयले बालिकाको निधनप्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेका छन्।
लोक कल्याणकारी विज्ञापन

