जलवायु

टीकापुरमा हावाहुरीसहित मुसलधारे वर्षा, सतर्क रहन आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २१ असोज — कैलालीको टीकापुर क्षेत्रमा हावाहुरीसहित मुसलधारे वर्षा भइरहेको छ। बुधबार बिहानदेखि मौसममा आएको अचानक परिवर्तनसँगै तीव्र हावाहुरी र वर्षा भइरहेको हो।

लोक कल्याणकारी विज्ञापन

वर्षासँगै हावाहुरी चलेपछि स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी खुला स्थानमा नबस्न, रूख तथा विद्युत्का पोल र तार नजिक नजान तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

लोक कल्याणकारी विज्ञापन

लगातारको वर्षाका कारण सडक तथा तल्लो भूभागमा पानी जम्न सक्ने भएकाले यात्रामा समेत सावधानी अपनाउन स्थानीयले आग्रह गरेका छन्। पछिल्लो मौसम अवस्थालाई ध्यानमा राख्दै सम्भावित जोखिमबाट जोगिन सबैलाई सचेत रहन भनिएको छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD