स्वास्थ्य

टीकापुरको स्वास्थ्य कार्यक्रम समीक्षा सम्पन्न, मनिकापुर स्वास्थ्य केन्द्र प्रथम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २३ असोज । टीकापुर नगरपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न भएको छ। स्वास्थ्य सूचकांकका आधारमा मनिकापुर शहरी स्वास्थ्य केन्द्र प्रथम भएको छ।

लोक कल्याणकारी विज्ञापन

समीक्षामा अस्नेहरी शहरी स्वास्थ्य केन्द्र दोस्रो र सत्ती शहरी स्वास्थ्य केन्द्र तेस्रो भएका छन्। स्वास्थ्य कार्यक्रमको प्रगति तथा सूचकांकका आधारमा स्वास्थ्य केन्द्रहरूको मूल्यांकन गरिएको हो।

लोक कल्याणकारी विज्ञापन

नगरपालिकाले स्वास्थ्य सेवा प्रवाह र कार्यक्रमको उपलब्धि समीक्षा गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सरकारी स्वास्थ्य संस्था तथा साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

बिज्ञापन

समीक्षाका क्रममा उत्कृष्ट स्थान हासिल गर्ने स्वास्थ्य केन्द्रहरूलाई बधाई दिँदै स्वास्थ्य सेवा सुधारका लागि योगदान पुर्‍याउने सबै सरकारी तथा साझेदार संस्थालाई धन्यवाद ज्ञापन गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन