टीकापुरमा सात टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम

टीकापुर, २४ असोज । स्थानीय सुशासन सुधार तथा टोल विकास संस्थालाई गतिशील, समावेशी र प्रभावकारी बनाउने उद्देश्यले टीकापुर नगरपालिका–१ मा सामुदायिक सहयोगी तालिम सञ्चालन भइरहेको छ।


टोल विकास संस्था सशक्तीकरण कार्यक्रमअन्तर्गत सञ्चालित तालिम असोज २२ देखि वडा नं. १ को ब्लक नम्बर ८ स्थित नवचेतना टोल विकास संस्थाको योग आश्रम हलमा सुरु भएको हो। तालिममा वडामा नवगठित सातवटा टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता छ।


तालिममार्फत टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, संस्थागत कार्यसम्पादन सुधार गर्ने तथा स्थानीय तहमा सुशासन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

टोल विकास संस्थालाई समावेशी र प्रभावकारी बनाउँदै स्थानीय समुदायको सहभागिता बढाउन तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ। समुदायस्तरका समस्या पहिचान, सामूहिक पहल र विकास निर्माणका गतिविधिमा नागरिकको सक्रिय सहभागिता अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण मानिन्छन्।



You must be logged in to post a comment.