जलवायु

गोरखाको चुमनुब्रीमा आकस्मिक बाढी, सल्लेरी र जगत बजार जोखिममा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा आइतबार बिहान आकस्मिक बाढी आएको छ। बाढीका कारण तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार जोखिममा परेका छन्। जोखिम बढेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।

लोक कल्याणकारी विज्ञापन

गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको सूचना प्राप्त भएको थियो। बाढीबाट मानवीय क्षति भएको जानकारी प्राप्त नभएको उनले बताए।

लोक कल्याणकारी विज्ञापन

बाढीको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।

बिज्ञापन

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार गाउँपालिका–६ स्थित चुम्केको खोलामा पहिरो खसेर पानी थुनिएको र त्यसपछि बाढी आएको हो। खोलामा पहिरो खसेर अस्थायी बाँध बनेको हुन सक्ने आशंका गरिएको छ।

बाढीले तल्लो तटीय क्षेत्रका बस्तीमा जोखिम बढाएपछि कतिपय स्थानीय विस्थापित भएका छन्। बाढीको थप प्रभावबारे विवरण संकलन भइरहेको छ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएको भन्दै सतर्कता अपनाउन एसएमएसमार्फत सूचना जारी गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै खोला किनार तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन